नयाँदिल्ली : पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा भारतको प्रमुख प्रतिपक्षी दलले आह्वान गरेको देशव्यापी हडतालका कारण बिहीबार भारतको जनजीवन प्रभावित बनेको छ । भारत सरकारले गत साता पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि यसको व्यापक विरोध भइरहेको छ ।
भारतका प्रतिपक्षी दलहरूले मूल्यवृद्धि फिर्ता गर्न गरेको माग सरकारले अस्वीकार गरेपछि प्रमुख विपक्षी दल भारतीय जनता पार्टीले राष्ट्रव्यापी हडताल आह्वान गरेको हो । बन्दका कारण भारतका प्राय: सबै राज्यको जनजीवन प्रभावित बनेको थियो । प्रदर्शनकारीले गाडी गुड्न दिएका थिएनन् भने कलकारखाना एवं निजी व्यापारव्यवसायसमेत ठप्प बनेको थियो । सरकारी कर्मचारीलाई पनि बन्दको ठूलो मार परेको बताइएको छ । भारतका ट्रेड युनियन, नागरिक संघसंगठन आदिले पनि हडतालमा ऐक्यबद्धता जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया