न्यायाधीशको हत्या

काठमाडौं, १९ जेठ । न्याय सेवामा करिब ३५ वर्ष बिताएका न्यायाधीश रणबहादुर बम जीवनको अन्तिम कालखण्डमा आफैं न्याय नपाएर छट्पटाइरहेका थिए । भ्रष्टाचार विवादमा मुछिएका उनलाई छानबिन समितिले चोखो ठहर्‍याए पनि प्रधानन्यायाधीशले कारबाही गरेका थिए । लामो समयदेखि उनलाई कुनै मुद्दा हेर्न नदिएर पेन्डुलम बनाइएको थियो ।

पुनरावेदन अदालत पाटनको मुख्य न्यायाधीश हुँदा डा भक्तमान श्रेष्ठका अपहरणकारीलाई सफाइ दिने फैसला विवादमा परेको थियो । सो फैसला उनको आफ्नै इजलासबाट नभए पनि मुख्य न्यायाधीशका रुपमा उनको नैतिक जिम्मेवारी र कार्यसम्पादनमा प्रश्न उठेको थियो । तत्कालीन प्रधानन्याधीश रामप्रसाद श्रेष्ठले उनलाई चर्चाका भरमा हचुवामै कारबाहीसमेत गरे । हातहतियार, खरखजाना तथा अपहरण मुद्दामा भ्रष्टाचार गरेको आरोपमा श्रेष्ठले २४ मंसिर ०६७ मा उनीमाथि कारबाही गरेका थिए जब कि छानबिन समितिले

महेश ओर्लिए । मोटरसाइकलछेउ पुगेर ‘किन रोकेको’ मात्रै के भनेका थिए, मोटरसाइकलको पछिल्लो सिटमा रहेका व्यक्तिले पेस्तोल निकालेर ‘कक’ गरे । गोली महेशको घाँटीमा लाग्यो ।
त्यसपछि गोली प्रहार गर्ने व्यक्ति गाडीको ड्राइभरतर्फको झ्यालनजिक पुगे । अनि झ्यालको सिसामै गोली हाने । सिसा फुटेपछि हात भित्रै छिराएर उनले अरु चार राउन्ड प्रहार गरे । झ्यालछेउमा रहेका बमको मुख, घाँटी र हातमा गोली लाग्यो । सँगै बसेका रामलाई पनि पेट र हातमा गोली लाग्यो ।
चोटले रन्थनिएका बम गाडीको अर्को ढोकाबाट बाहिरिए । अनि गुहार माग्दै पाटनतर्फ अघि बढे । तर, आक्रमणकारीले पछ्याउन छाडेन । पेस्तोल फेरि कक भयो । यसपटक बमको छातीमै गोली लाग्यो । अन्तत: उनी त्यहीँ ढले । आक्रमणकारी गाडी अगाडि रोकिराखेको मोटरसाइकलमा बसे र थापाथलीतिर हुइँकिए ।
भाग्दै गर्दा बम ढलेको स्थान घटनास्थलभन्दा ३० मिटर मात्रै पर छ । घटनास्थलभन्दा १० मिटर पर उनको टोपी खसेको थियो । भाग्ने क्रममा शरीरबाट बगेको रगतको दाग सडकमा पछिसम्म पनि ताजै देखिन्थ्यो । गाडीको नजिकै रातो र कालो दुइटा सुटकेस र एउटा ह्यान्ड ब्याग लडेका थिए । पाँचवटा गोलीका खोका र एउटा जुत्ता गाडीको सिटमा छरिएका थिए । दुईवटा खोका भने बाहिरै देखिन्थे ।
घटनास्थलमा संयोजक अमर नेपालको नाममा नेपालवाद भनी लेखिएको २० थानभन्दा धेरै पर्चा भेटिएको छ । पर्चाको अन्तिममा एनजेएसएसआर लेखिएको छ । पर्चामा बमलाई भ्रष्टाचारीको आरोप लगाइएको छ ।
रगताम्य भई भुइँमा ढलेका बमलाई स्थानीयले ट्याक्सीमा हाली नर्भिक अस्पताल पुर्‍याएका थिए । नर्भिकमा उपचार हँुदाहुँदै उनका मृत्यु भयो । मध्याह्न १२:१५ बजेतिर नर्भिक पुर्‍याइएका बमलाई सात गोली लागेको अस्पतालले जनाएको छ । गोली लागी बमको चिउँडो, घाँटीको रुद्रघण्टी, छाती, कोखा र हातका आँैला क्षतविक्षत भएका थिए । अस्पतालले उनको तत्काल भिडियो एक्स–रे तथा एक्स–रे गर्दा छाती पूर्णतया रगतले भरिएको तथा रक्तचाप र नाडी शून्य पाएको थियो ।
अस्पतालले उनलाई सिधै शल्यक्रिया कक्षमा पुर्‍याई ज्यान जोगाउने उपायमा सिपिआर र छातीको दाहिनेतर्फ चेस्ट ट्युब राखी श्वास–प्रश्वास, रक्तचाप र नाडीको गति सुधार्ने प्रयास गरेको थियो तर त्यति गर्दा समेत नाडीको गति र रक्तचापमा सुधार आउन नसकेपछि उनलाई मृत घोषणा गरिएको उपचारमा संलग्न चिकित्सक डा. भारत रावतले जानकारी दिए ।
सोही घटनामा सख्त घाइत भएका राम र महेशलाई पनि अन्य दुई अस्पतालमा उपचार हुन नसकेपछि करिब १:०० बजेतिर नर्भिक नै पुर्‍याइएको थियो । रामको कोखाबाट गोली लागी गोलीले पेटका नसाहरूलाई फुटाई आन्द्रा क्षतविक्षत भएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न चिकित्सक डा. राजेन्द्र रेग्मीका अनुसार गोली गिरीको पेटको दाहिनेतर्फको मांसपेसीमा अड्किएर रहेको थियो । अस्पतालका अनुसार गिरीलाई अहिले भेन्टिलेटरमा राखिएको छ । उनी कलाकार दीपकराज गिरीका पिता हुन् ।
अर्का घाइते अंगरक्षक महेशको शल्यक्रिया कार्डियो थोरासिक एन्ड भास्कुलर सर्जन डा. रवीन्द्र तिमिलाले गरेका थिए । उनलाई घाँटीको नसामा गोली लागी क्षतविक्षत भएकामा खुट्टाको नसा निकाली घाँटीमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । उनलाई पनि हाल भेन्टिलेटरमा राखिएको छ । उनको शरीरमा दुइटा गोली भेटिएको थियो । दुवै घाइतेको अवस्था सुधारोन्मुख भए तापनि खतरामुक्त भने नरहेको चिकित्सकले बताएका छन् ।

प्रहरी के भन्छ
घटनास्थल निरीक्षण गर्न पुगेका महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी कुबेरसिंह रानाले संक्रमणकालीन अवस्थाको फाइदा उठाएर यो अपराध गरिएको बताएका छन् । उनले भने, ‘हाइ प्रोफाइलका व्यक्तिमाथि दिनदहाडै आक्रमण भएको छ, यसले सुरक्षा संयन्त्रमाथि चुनौती थपिएको छ ।’ घटना विल्कुल आपराधिक मनोवृत्तिमा भएको उल्लेख गर्दै एआइजी रानाले भने, ‘घटनास्थलमा पर्चा, पम्प्लेट भेटिएको छ, अपराधी यसलाई राजनीतिक रङ दिन चाहन्छ ।’ उनले घटनालगत्तै व्यापक खोजीमा लागे पनि अहिलेसम्म कोही पक्राउ गर्न नसकिएको जानकारी दिए । ‘चाँडै यसको सत्य तथ्य बाहिर आउँछ,’ रानाले भने  ।
घटना भएको केही घन्टाभित्रै अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले एआइजी रानाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरेको छ । टोलीमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख डिआइजी उपेन्द्रकान्त अर्याल, महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी देवेन्द्र सुवेदी, प्रहरी प्रधान कार्यालय प्रतिआतंकवाद निर्देशनालयका एसएसपी सुबोध घिमिरे र महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी राजेन्द्रमान श्रेष्ठ छन् । प्रहरीले गाडीका चालक अष्ट लामालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोकका लामाले तीन वर्षदेखि बमको गाडी चलाउँदै आएका थिए ।

काठमाडौं, १९ जेठ । प्रत्येक बिहीबार बगलामुखीको दर्शन गर्ने रुटिन थियो न्यायाधीश रणबहादुर बमको । बिहीबार बिहान नौबजे उनी कलंकीस्थिति निजी निवासबाट बा ८ च ९८५३ नम्बरको सेतो गाडीमा चढी मन्दिर दर्शनका लागि निस्किएका थिए । उनीसँगै थिए श्रीमती, छोरी, साथी राम गिरी र अंगरक्षक असई महेश गिरी ।
कलंकीबाट बगलामुखी मन्दिर पुग्न उनीहरु सधँै भित्री बाटो प्रयोग गर्थे । बिहीबार पनि त्यसै गरे । आधा घन्टाभित्रै मन्दिर पुगेका उनीहरुले करिब एक घन्टा लाइनमै बिताउनु पर्‍यो । दर्शन गर्दा साढे १० बजिसकेको थियो ।
कार्यालय जाने समय भइसकेकाले श्रीमती र छोरीलाई मन्दिरमै छाडी बम मित्र राम र अंगरक्षक महेशका साथ शंखमूल हुँदै थापाथली निस्कने क्रममा थिए । गाडीको पहिलो सिटमा अंगरक्षक थिए भने पछिल्लो सिटमा थिए बम र राम । गाडी हाँकिरहेका थिए, ड्राइभर अष्ट लामाले ।
११:०५ बजे गाडीले शंखमूलस्थित युएन पार्क क्रस गर्दै थियो । विपरीत दिशाबाट आएको एउटा रातो पल्सर मोटरसाइकल गाडीको सामुन्ने आएर तेर्सियो । गाडी अघि बढ्न नपाएपछि अंगरक्षक
भने भ्रष्टाचारमा उनको संलग्नता नभएको प्रतिवेदन न्यायपरिषद्लाई बुझाएको थियो । प्रतिवेदनले चोखो देखाए पनि २६ मंसिर २०६७ देखि नै उनी मुद्दा हेर्नबाट वञ्चित तुल्याइए । उनी दैनिक अदालतमा उपस्थित हुन्थे, तर केवल प्रशासनिक काम मात्र गर्न सक्थे । कार्यक्षमता अभाव, खराब आचरण वा इमानदारीपूर्वक पदीय कर्तव्य पालना नगरेको भन्दै उनीविरुद्ध ४ पुस ०६७ का दिन व्यवस्थापिका–संसदमा महाअभियोगको प्रस्तावसमेत दर्ता गरिएको थियो तर सो प्रस्तावमाथि संसदमा कहिल्यै छलफल भएन ।
बमले भने आफूमाथिका आरोप सबै मिथ्या भएको दाबी उनले गर्दै आएका थिए । आफूले भ्रष्टाचार गरेको प्रमाणित नभए पनि तत्कालीन प्रधानन्यायाधीश श्रेष्ठ र कानुनमन्त्रीबीचको विवादमा आफू अचानो भएको उनको गुनासो थियो । एक दिन आफू सत्य प्रमाणित भएरै छाड्ने दृढ विश्वास उनको थियो तर त्यो दिन नआउँदै उनी गोलीको सिकार भए ।
न्याययात्रामा ३५ वर्ष
५ मंसिर ००७ मा जन्मिएका बम २९ असार ०३२ देखि सरकारी सेवामा प्रवेश गरेका थिए । राप तृतीय श्रेणीअन्तर्गत महालेखा नियन्त्रण कार्यालयबाट उनको जागिरे जीवन सुरु भएको थियो । महालेखा कार्यालयबाट उनले २० असार ०३४ मा पहिलो पटक न्यायसेवामा प्रवेश पाए । राप तृतीय श्रेणीअन्तर्गत उनी कानुन तथा न्याय मन्त्रालयमा गएका थिए । मन्त्रालयबाट उनी ४ मंसिर ०३७ मा पहिलोपटक न्यायाधीश नियुक्त भएर बाजुरा जिल्ला अदालत पुगे ।
पुनरावेदन अदालतको पहिलो यात्रा उनको ११ कात्तिक ०४७ देखि सगरमाथा अञ्चल अदालतबाट भएको थियो । एकवर्षे कार्यसम्पादनपछि १८ कात्तिक ०४८ मा उनको सरुवा पुनरावेदन अदालत पाटनमा भएको थियो । पाटनमा सरुवा भएको ७ महिनामै २८ जेठ ०४९ मा उनको सरुवा पुनरावेदन अदालत नेपालगंजमा भयो । झण्डै दुई वर्ष नेपालगन्जमा बसेपछि १५ भदौ ०५१ मा उनी पुनरावेदन अदालत सुर्खेतमा सरुवा भएका थिए । १ वैशाख ०५३ मा सुर्खेतबाट सरुवा भई पुनरावेदन अदालत तुल्सीपुरमा बसे । त्यसपछि तुल्सीपुरबाट २७ जेठ ०५६ मा पुनरावेदन अदालत बुटवलमा सरुवा भएका थिए । तीन वर्षको बसाइपछि २२ माघ ०५९ मा उनी पुन: पुनरावेदन अदालत पाटन पुगेका थिए । पुनरावेदन अदालतबाट उनी १२ कात्तिक ०६१ विशेष अदालतको न्यायाधीश भएका थिए ।
एक वर्ष विशेष अदालतमा बसेपछि उनी पुनरावेदन अदालत पाटनको मुख्य न्यायाधीश भएका थिए । १९ पुस ०६२ देखि ०६५ सम्म उनले पुनरावेदन अदालतको मुख्य न्यायाधीश भई कार्यसम्पादन गरेका थिए । त्यसपछि उनी पहिलोपटक ९ माघ ०६५ मा अस्थायी न्यायाधीशका रुपमा सर्वाेच्च अदालतमा पुगेका थिए । त्यसको एक वर्षपछि १९ फागुन ०६६ मा सर्वाेच्च अदालतको स्थायी न्यायाधीश भएदेखि हालसम्म कार्यरत थिए ।

प्रतिक्रिया