दस दिन भित्र लिखित जवाफश माग

काठमाडौं, १७ जेठ । सर्वोच्च अदालतले संविधानसभाको निर्वाचन घोषणा गरिएका सम्बन्धमा सरकरसँग लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले निर्वाचनको मिति तोक्नुको कारण १० दिनभित्र लिखितरुपमै पठाउन सरकारलाई आदेश दिएको हो ।
अधिवक्ता सन्तोष बस्नेतले निर्धारित समयमा संविधान जारी नगरी प्रधानमन्त्रीले असंवैधानिकरुपमा संविधानसभा विघटन गरेको भन्दै रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्चले रिटमाथिको अन्तिम सुनुवाई विशेष इजलासबाट गर्ने जनाएको छ ।

प्रतिक्रिया