पाकिस्तानद्वारा क्षेप्यास्त्र परीक्षण

इस्लामावाद : पाकिस्तानले बिहीबार मध्यदूरीसम्म प्रहार गर्न सक्ने परमाणु क्षमतायुक्त क्षेप्यास्त्रको सफल प्रक्षेपण गरेको छ । हात्फ–९ नाम दिइएको सो क्षेप्यास्त्रले ६० किलोमिटर टाढासम्म निशाना साध्न सक्ने पाकिस्तानी सेनाले जनाएको छ ।  ‘नजिकैका क्षेत्रबाट उत्पन्न हुनसक्ने चुनौती सामना गर्न द्रुत कारबाही क्षमताको यो क्षेप्यास्त्र सक्षम छ,’ पाकिस्तानी सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गत महिना भारतले लामो दूरीसम्म मारक क्षमता भएको शक्तिशाली अग्नि–५ क्षेप्यास्त्रको सफल परीक्षण गरेपछि पाकिस्तानले योसहित तीनपटक क्षेप्यास्त्र परीक्षण गरेको छ । भारतको क्षेप्यास्त्र चीनतर्फ लक्षित रहेको विश्लेषण गरिए पनि यसको जवाफ पाकिस्तानले फर्काइरहेको छ । (एजेन्सी)

प्रतिक्रिया