छायांकन प्रविधिमा पुरुषोत्तमको दृष्टि

नेपाली चलचित्रमा बढ्दै गएको डिजिटल प्रविधिसाग खेल्दै स्क्रिप्ट र निर्देशकको भिजनलाई पर्दामा उतार्ने छायाकार पुरुषोत्तम प्रधान चलचित्र उद्योगमा नौला नाम होइनन् । छायांकनका लागि डिजिटल क्यामेरा प्रयोग गर्नमा अभ्यस्त मानिने प्रधानले पहिलो चलचित्र भुलिगए पाप लाग्लादेखि अहिलेको मायाज बारसम्म आइपुग्दा दुई दर्जन हाराहारीका चलचित्र खिचिसके ।  ०५१ सालमा निर्माण भएको चलचित्र अवलामा बुमम्यानका रूपमा प्रवेश गरेका उनी साउन्डम्यान, सहायक छायाकार हुादै अहिले कुशल छायाकारका रूपमा स्थापित भएका हुन् । यसै विधामार्फत पुरस्कृत पनि भएका छन् उनी । अब नेपालमा पहिलोचोटि निर्माण हुन लागेको थ्रिडी चलचित्रमा छायाकारको जिम्मेवारी सम्हाल्दै छन् प्रधान । यसबीच नेपाली चलचित्र उद्योगमा कुनकुन प्रविधिका क्यामेरा प्रयोग भए ? उनले चाहिा कस्ता–कस्ता क्यामेरामार्फत आफ्नो खुबी देखाएका छन् ? उनकै शब्दमा :
पिडी १५० : यो क्यामेराबाट मैले मायाको डोरी चलचित्र खिचेको छु । डिजिटलमा आएको यो क्यामेरा बेटा क्यामपछिको पहिलो हो । सुरुमा आउँदाताका यो नेपाली चलचित्रका लागि उपयुक्त नै थियो, यद्यपि हलहरू डिजिटल टेक्नोलोजीमा छिरिसकेका भने थिएनन् । अहिलेजस्तो हलमा सोझै देखाउन त मिल्दैनथ्यो तर पनि डिजिटल टेक्नोलोजीको प्रशिक्षणचाहिँ यसैले गराएको हो नेपाली सिनेकर्मीलाई । मैले चलचित्र र टेलिभिजन कार्यक्रम गरी करिब चार वर्ष यही क्यामेरासँग बिताएको छु ।
रेगुलर सिक्स्टिन : यसको रिजोलुसन टुके क्यामेराभन्दा थोरै हुन्छ । यो चलाउन च्यालेन्जिङ छ । यसबाट चलचित्र खिच्दा सिन, लाइटिङदेखि लिएर सबै कुरामा छायाकारकै भर पर्नुपर्छ । यो एरिफेक्स १६ एमएम क्यामेरा हो । रिजोलुसन १४०० इज टु २४९० हुन्छ, सबै कुरा एनोलकमा हुन्छ । यसबाट पहिलोचोटि सपुत चलचित्रको छायांकन गरेको हुँ । चलचित्रका लागि राम्रै भए पनि अहिले आएर यसको प्रयोग घटेको छ ।
एसआइटुके : मैले यो क्यामेरा चलाउनुअघि कागबेनी र सानो संसार चलचित्र यसैमार्फत खिचिसकिएका थिए । मेरो एउटा साथी छमा मैले पहिलोचोटि यो क्यामेराले काम गरेँ । डिजिटल प्रविधिमा यो उपयुक्त टेक्नोलोजीको क्यामेरा हो । यसको रिजोलुसन २०२४ एक्स ११५२ हुन्छ । क्यामेराको लेन्स चेन्ज गर्नेदेखि लिएर अरू पनि थुप्रै सुविधा यसमा छन् । पिक्चर एकदम क्लियर आउने भएकाले यो क्यामेरा भित्रिएपछि नेपालमा युएफओ र डिसियनजस्ता डिजिटल चलचित्र प्रदर्शनसम्बन्धी सर्भर पनि चलनमा आए । तर, यसको फुल रिजोलुसनअनुसारका सिनेमाघर नभएकाले यसको प्रयोग हुनुपर्नेजति हुन पाइरहेको छैन ।
सुपर सिक्स्टिन : यसबाट मैले जय होस् चलचित्र छायांकन गरेको छु । चलचित्रक्षेत्रबाट नेगेटिभ पलायन भइनसकेको अवस्थामा यसको प्रयोग राम्रो मानिन्थ्यो । रेगुलर १६ को भन्दा राम्रो रेजुलेसन र मनिटरसमेत भएकाले यसको प्रयोग बढेको थियो । तर, यसमा खिचेपछि नेगेटिभ प्रशोधनको झन्झट बेहोरिरहनुपर्ने भएकाले अहिले यसको प्रयोग घटेको छ । छायांकनको रिजल्ट ठीक भए पनि प्रिन्ट बनाइरहनुपर्ने भएकाले यसलाई झन्झटिलो मानिएको हो ।
डिएमडब्लु ३५० डि : थ्री लभर्स चलचित्रको छायांकन मैले यसैबाट गरेको छु । यो फुल एचडी क्यामेरा हो । १९२० एक्स १०८० रिजोलुसनको यो क्यामेरामा चिप सिस्टमबाट रेकर्डिङ हुने भएकोले पोस्ट प्रोडक्सन सजिलो बनाइदिन्छ । लेन्स चेन्ज गरिरहन मिल्ने भएकाले सुविधायुक्त मानिन्छ । यो चलाउन पनि सजिलो छ ।
डिएसआर थ्री नाइन्टी  : डिभी फम्र्याटको यो क्यामेरा टेलिभिजनका लागि उपयुक्त मानिन्छ । पिडी १५० को यसको रिजोलुसन हलमा नपुग्ने भएकाले यसलाई चलचित्रमा राम्रो मानिँदैन । यद्यपि, केही चलचित्र नखिचिएका भने होइनन्, मैले पनि भुलिगए पाप लाग्ला यसैबाट खिचेको हुँ । चलाउन सजिलो भए पनि अहिलेचाहिँ यो विस्थापित नै भएको छ ।
सोनीको एस २७० पी  :  यो डिभी फम्र्याट अपडेट भएर बनेको क्यामेरा हो । यसको रेजुलेसन साइज डिभीको भन्दा केही ठूलो र रेगुलर सिक्स्टिनको भन्दा केही सानो भएकाले हलमा देखाउने सिनेमाका लागि यो कम्प्लिट क्यामेरा होइन । यद्यपि, केही समय यो चलचित्रमा क्षेत्रमा छाएको चाहिँ हो । सिक्स्टिनको धमिलो र डिभीको सानो पर्दा हेरेका दर्शकलाई यो आकर्षक बन्यो त्यतिखेर । मैले यसबाट दासढुंगा खिचेँ । यो चलचित्रको प्रदर्शनपछि यो क्यामेराको लहरै आयो ।
जेभिसिप्रो १०० : यसको रेजुलेसन १९२० बाइ १४२० छ । यसबाट मैले इकु ब्याक अगेन खिचेको छु ।  स्क्रिनमा लाइट, ब्याकग्राउन्ड सबै प्रस्ट देखिने भएकाले यो राम्रो मानिन्छ ।  प्रयोग गर्न सजिलो भएकाले अझै पनि लोकप्रिय छ ।
सोनी सिक्स एक्स थ्री : यो फुल एचडी भर्सन क्यामेराको रेजुलेसन १९२० बाइ १०८० छ । सिग्नेचर चलचित्र यसैबाट छायांकन गरेको छु । यसबाट फेम साइज १०४ पिमा खिच्न सकिन्छ । चलाउन सजिलो छ । कार्डमा रेकर्ड हुने भएकाले यसबाट खिचिएको चलचित्रलाई पोस्ट प्रोडक्सनमा सजिलो हुन्छ । अहिले यसको प्रयोग चुलिएको छ ।
फोके : रेड वान कम्पनीको यो क्यामेरामा लाइट सेन्सेटिभ बढी छ । कम लाइटमा पनि यसको प्रयोग गर्न सकिन्छ । एसआइटुके भन्दा पनि चलाउन सजिलो भएकाले यसको प्रयोग बढ्दै गएको छ । नेपालमा प्रयोगमा आएका अन्य क्यामेराभन्दा धेरै रेजुलेसन र ठूलो हुने हँुदा परसम्मका वस्तु प्रस्ट देख्न सकिन्छ ।

प्रतिक्रिया