नांगिने पालो रोजलिनको

मुम्बई : आइपिएल टिमहरूको सपोर्टमा बलिउड सुन्दरीहरू नांगिने क्रम बढ्दै गएको छ । केही दिनअघि मोडल पुनम पाण्डेले न्युड तस्बिर सार्वजनिक गरेको समाचार सेलाउन नपाउँदै अर्की बलिउड मोडल रोजलिन खानले पनि टपलेस तस्बिर बाहिर ल्याएकी छन् । पाण्डे बलिउड बादशाह शाहरुख खानको टोली कोलकाता नाइट राइडर्सले जितेको खुसीयालीमा नांगिएकी हुन् भने खानचाहिँ महेन्द्रसिं धोनीको टोली चेन्नई सुपरकिङ्सको पक्षमा टपलेस भएकी हुन् । चेन्नई फाइनलमा कोलकातासँग पराजित भएको थियो ।
धोनीको टोलीले हारेपछि रोजलिनको सपना टुटे पनि उनले टपलेस भएर टोलीलाई हौसला र सहानुभूति प्रकट गरेको एजेन्सीले उल्लेख गरेको छ । ‘आगामी संस्करण धोनीको टिमले नै जित्छ भन्नेमा म निश्चित छु, त्यसैका लागि उनीहरूको हौसला बढाउन मैले यो एउटा सानो उपहार पेस गरेकी हुँ,’ टपलेस हुनुको कारणबारे रोजलिनले बताइन् । कतिपयले भने रोजलिनको यो क्रियाकलाप धोनीसँग जोडिएर ‘क्रिकेट क्विन’ बन्ने चाहनाबाट प्रेरित रहेको भन्दै आलोचना पनि गरेका छन् ।

प्रतिक्रिया