निर्वाचन विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १६ जेठ । संविधानसभाको नयाँ निर्वाचनको कानूनी र संवैधानिक विषयमा प्रश्न उठाउदै आज सर्वोच्च अदालतमा रिट परेको छ ।
अधिबक्ता सन्तोष पौडेलले मंसिर–७ गते नयाँ संविधानसभाका लागि गरेको सिफारिस विरुद्ध रिट दायर गरेका हुन् । उनले सरकारको सो निर्णय असंवैधानिक भएको भन्दै बदर गर्न माग गरेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ जनादेशका लागि निर्वाचनको मिति तोकपछि कांग्रेस, एमालेलगायतले बिरोध गर्दै आएका छन् ।
अन्तरिम संविधान अनुसार लाखौं मतदाता बन्चीत हुनुपर्ने लगायतका प्रावधान समेटेर रिट दायर भएको सर्वोच्चले जनाएको छ ।

प्रतिक्रिया