नेपालका बारेमा चीन र भारतको चासो

काठमाडौं, १६ जेठ । प्रधानमन्त्री डा.बाबुराम भट्टराईसँग चिनियाँ राजदूत याङ्ग होउलान र भारतीय राजदूत जयन्तप्रसादले भेटबार्ता गरेका छन् ।
काठमाडौंमा आज भएका अलग/अलग भेटमा राजदूतहरुले नेपालको विकसित वर्तमान घटनाक्रमका बारे चासो व्यक्त गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्री भट्टराईले वर्तमान राजनीतिक घटनाक्रमका बारे राजदूतहरुलाई जानकारी गराएका छन् । नयाँ संविधानसभाको निर्वाचनको घोषणा गरेको बताउँदै भट्टराईले देशमा लोकतान्त्रिक प्रक्रियानै अगाडि बढ्ने बताए ।
सरकार सबै राजनीतिक दलहरुका वीच सहमति जुटाएर राष्ट्रिय सहमतिको वातावरण बनाएर अगाडि बढ्ने प्रयत्नमा लागि रहेको उनले बताए ।

प्रतिक्रिया