संविधानसभाको अप्रत्यायसित अवसान

काठमाडौं, १५ जेठ । राष्ट्रपति डा. रामवरण यादवले ठूलो सङ्घर्ष र बलिदानपछि गठित संविधानसभाको अप्रत्याशित अवसानले सबैलाई गम्भीर चिन्तीत बनाएको बताएका छन् ।
पाँचौ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गरेर राष्ट्रपति यादवले संविधानसभाको अवसानलाई अफसोंचको विषय रहेको बताए ।
उनले लोकतान्त्रिक संविधानका माध्यमबाट नेपाललाई अझ सुन्दर, शान्त र समृद्ध तुल्याउने ६ दशक पुरानो सपना फेरि पनि अपुरो नै रहेको बताए ।
उनले भने, ‘संविधानसभाबाट चार वर्षमा पनि संविधान बन्न नसक्दा सबैलाई खिन्नताबोध भएको छ ।’
समाज र मुलुकमा आपसी भाइचारा एवम् सामाजिक सद्भाव कायम गर्न उनले अपील समेत गर्नु भएको छ ।

प्रतिक्रिया