सभासदद्वारा नारावाजी/निषेधाज्ञाको उलघंन

काठमाडौं, १४ वैशाख । संविधानसभालाई निकम्मा बनाएको आरोप लगाउदै एमाओवादीका सभासदहरुले संविधानसभा भवन परिसरमा नारावाजी गरेका छन् ।
झण्डै दुई दर्जनको संख्यामा रहेका सभासदहरुले जातीय राज्यको पक्षमा समेत चर्का नारावाजी गरेका थिए । नारावाजीमा एमाओवादी सहित अन्य विभिन्न दलका जनजाति सभासदहरुको सहभागिता थियो ।
संविधानसभा भित्रैबाट निकास खोज्नु पर्छ, संविधानसभालाई निकम्मा बनाउन पाईदैन, संघीयता विरोधी मुर्दावाद, संघीयता सहितको संविधान जारी गर, संवैधानिक कार्य अविलम्बन गर लगायतका नारावाजी गरका थिए ।
संविधानसभा भवन परिसरमा नारावाजी वा कुनैपनि प्रदर्शन गर्न पाईदैन । यद्यपी सभासदहरुले सो आदेशको उलघंन गरेर नारावाजी गरेका हुन् ।
यसैवीच, संविधानसभा भवन बाहिर पनि विभिन्न जातीय संघ/संगठनहरुले नारावाजी तथा घेराउ गरेका छन् ।
आदिवासी जनजाति महासंघमा आवद्ध संघ/संस्थाहरुले जातीय पहिचान सहितको राज्य उल्लेख गरेर नयाँ संविधान जारी गर्न माग गरेका छन् ।
क्षत्री, व्राम्हण लगायतका समूहले भने जातीय राज्यको विरोधमा धर्नाका साथै नारावाजी गरेका छन् ।

प्रतिक्रिया