अधिकार माग्दै भीखारीले निकाले जुलुस

विराटनगर, १३ वैशाख । नयाँ संविधानमा अधिकार सुनिश्चित गराउन माग गर्दै दिनदिनै निस्करहेका जुलुसको भीडमा भीखारीहरु पनि थपिएका छन् । विराटनगरका भीखारीहरुले आज आफ्नो अधिकार माग्दै प्रदर्शन गरेका हुन ।
भीखारी एकता जिन्दावाद, हाम्रो माग पुरा गर, हामीलाई संरक्षण गर, ५ रुपियाँ भन्दा कम भीख दिन पाईदैन लगायतका प्लेकार्ड घाटीमा झुण्ड्याएर उनीहरुले विराटनगर वजारमा जुलुस प्रर्दशन गरेका थिए ।
उनीहरुले हामी भोकै रहेपनि ६०१ को तलवभत्ता पाकिरहोस भनेर संविधान सभाका सभासदहरुलाई व्यंग्य पनि गरेका थिए ।
आफूले पालेका कुकुर र आफ्ना लालावाला सहित वृद्धवृद्धा भीखारीहरु समेत जुलुसमा सामेल थिए ।
भीखारीहरुले अधिकार माग्दै जुलुस निकालेको देखेपछि उनीहरुलाई हेर्न विराटनगरमा स्थानीयको घुईचो नै लागेको थियो ।
भीखारी जुलुसलाई प्रहरीको भ्यानले स्किटिङग गरेर सुरक्षा दिएको थियो । जुलुसमा विराटनगरका विभिन्न मन्दिरहरुमा भीख माग्ने करीव वीस जना भीखारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया