संघीयताको विरोध गरे आन्दोलन गर्छौ

काठमाडौ, १३ जेठ । एकीकृत माओवादीसहित विभिन्न राजनीतिक दल निकट यूवा संगठनहरुले जेठ—१४ भित्रै पहिचान भएको संघीयता सहितको संविधान जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
वाईसीएल नेपाल, मधेसी यूवा फोरम नेपाल, मधेसी यूवा फोरम नेपाल लोकतान्त्रिक लगायतले आज राजधानीमा संयूक्त पत्रकार सम्मेलन गरेर त्यस्तो चेतावनी दिएका हुन ।
जेठ–१४ भित्रै पहिचान भएको संघीयता सहितको संविधान जारी हुनु पर्ने, १४ वा १० प्रदेश कायम गरिनु पर्नेलगायतका माग अघि सारेका छन् ।
वाईसिएल अध्यक्ष गणेशमान पुनले संघीयता विरोधी तत्वको षडयन्त्र नरोकिए आन्दोलनगर्ने चेतावनी दिए ।
मधेसी यूवा फोरम नेपालका अध्यक्ष योगेन्द्र रायले विभिन्न आन्दोलनका उपलब्धिको अपमान हुन लागेको भन्दै जेठ–१४ भित्रै पहिचान कायम हुने गरी संघीयता सहितको संविधान जारी गर्न माग गरे ।

प्रतिक्रिया