एउटा जातिलाई मात्रै अधिकार दिनु हुँदैन

काठमाडौं, १३ जेठ । राष्ट्रिय जनशक्ति पार्टीले प्रदेशको नाम र एउटा खास जाति विशेषलाई मात्रै अग्राधिकारको व्यवस्था गरिदा मुलुक विखण्ति हुने भन्दै असहमति जनाएको छ ।
राजपाले सबैलाई समेटेर राज्य पुनर्संरचना गर्दा संघीय प्रदेशको सीमाङकन तथा नामाङकन मिलाउन भनेको छ ।
‘राज्य पुनर्संरचना गर्दा एकल जातीय आधारमा प्रदेशहरुको नामाङकन, तदनुरुप प्रदेशहरुका सीमाको रेखाङकन गर्ने तथा एउटा जाति विशेषलाई मात्र अग्राधिकारको व्यवस्था गरिंदा मुलुक विखण्डित हुन सक्छ,’ राजपाका अध्यक्ष सूर्यबहादुर थापाले आज विज्ञप्ती जारी गरेर भनेका छन्, ‘ मुलुक विखण्डित हुने भएको हुँदा यस प्रति पूर्ण असहमति छ ।’
नयाँ संविधान तोकिएको समयमा जारी गर्नुपर्ने जनाएको राजपाले सहमतिमा सबै विषय मिलाउन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया