उदयका साथ निकोल

हलिउड अभिनेत्री निकोल किडम्यान र बलिउड अभिनेता उदय चोपडाबीच फिल्मी सम्बन्ध गाँसिएको छ । उदयले साझेदारीमा निर्माण गर्ने अन्तर्राष्ट्रिय चलचित्र ग्रेस अफ मोनाकोमा किडम्यानले मुख्य भूमिका निर्वाह गर्ने भएपछि उनीहरूबीच व्यावसायिक सम्बन्ध गाँसिने भएको हो । उदयको परिवार वर्षौंदेखि बलिउड चलचित्र निर्माणमा क्रियाशील रहँदै आएको छ । उदय पनि यसै क्षेत्रमा स्थापित हुने मनसाय बोकेर खटिइरहेका छन् । उनले अन्तर्राष्ट्रिय चलचित्र निर्माता कम्पनी पियरे–एन्जेले पोगमसँग मिलेर यो चलचित्र बनाउन लागेका हुन् ।
यसमा किडम्यान प्रिन्सेज अफ मोनाकोको भूमिकामा देखिने पक्कापक्की भएको एजेन्सीले उल्लेख गर्‍यो । फिल्म निर्माता पोगम कम्पनीले पनि आफू उदयसँग साझेदारी गर्ने तयारीमा रहेको पुष्टि गरेको छ, ‘उदय हाम्रा लागि सही साझेदार हुन् किनकि उनीसँग फिल्मसम्बन्धी राम्रो भिजन छ ।’ उदयले पनि ट्विटरमार्फत यसको पुष्टि गरेका छन् । यो खबरसँगै उनलाई बधाई सन्देश पठाउनेको ओइरो लागेको छ । (एजेन्सी)

प्रतिक्रिया