माईक्रो दुर्घटनामा १५ घाइते

नेपालगन्ज, ११ जेष्ठ । बाँकेको नेपालगन्ज कोहलपुर सडकखण्डमा भएको सडक दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।
क्षमता भन्दा बढि यात्रु राखेर नेपालगञ्जको भन्सार नजिकवाट कोहलपुर जाँदै गरेको माइक्रो बस आज दिउँसो शमशेरगञ्जमा दुर्घटना भएको हो ।
कोहलपुर एनसिसिएनकी धना चन्दको अवस्था गम्भीर रहेको छ । घाइतेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको सशस्त्र प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चन्द्रप्रकाश गौतमले बताए ।

प्रतिक्रिया