कार्यकारी सम्पादकको राजीनामा स्वीकृत

काठमाडौः सौर्य दैनिकका कार्यकारी सम्पादक खेम भण्डारीले आफ्नो पदबाट दिएको राजीनामा व्यवस्थापनले बुधबार स्वीकृत गरेको छ । स्थापनाकालदेखि कार्यकारी सम्पादकका रूपमा जिम्मेवारी निर्वाह गरेका भण्डारीले व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् ।
बुधबार सौर्य दैनिकको कार्यालयमा एक अनौपचारिक कार्यक्रमबीच भण्डारीलाई बिदाइ गरियो । त्यस क्रममा सौर्य दैनिकका प्रधानसम्पादक बोधराज त्रिपाठीले यस पत्रिकालाई छोटो समयमा पाठकमाझ चिनाउन भण्डारीले निभाएको भूमिकाको प्रशंसा गरेका थिए । भण्डारीले पत्रिकाको प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया