“किससिन”को चाहना


काठमाडौं : फौद लामाले निर्देशन गरेको चलचित्र तिम्रो यादमा अभिनय गरेपछि नवनायक इसक राईको पोल्टामा थुप्रै चलचित्र आइसके । सिनेमादेखि म्युजिक भिडियोहरूमा उनको व्यस्तता निकै बढेको छ । पाँच फिट ९ इन्च अग्ला इसक अहिले नायिका मौसमी मल्लको चलचित्र समयमा सहअभिनेताको भूमिकामा अभिनय गरिहेका छन् ।
झरना थापाको चलचित्र फेसबुकमा पनि उनले अभिनय गरेर भ्याइसके । यो चलचित्र रिलिजको तयारीमा छ । कोरियन लुक्सका यी नायकको प्रशंसा गर्ने हिजोआज धेरै बढेका छन् । भन्छन्, ‘मेरो यही लुक्सलाई सबैले मन पराइदिएका छन्, कोरियन एक्टर जि हानको अभिनयबाट प्रभावित छु ।’
चलचित्रका लभरब्वाई यी चकलेटी ठिटालाई लभ स्टोरी कथा निकै मन पर्दारहेछन्, चलचित्र पनि त्यस्तै छान्छन् । उनको इच्छा छ नै त्यस्तै । भन्छन्, ‘मलाई लभ स्टोरी फिल्ममा किस सिन गर्न मन लागेको छ ।’ अहिले चलचित्रमा अफरहरू बढिरहे पनि स्क्रिप्ट पढेर राम्रो भए मात्र अभिनय गर्ने सोचाइ उनले सुनाए । आधा दर्जन बढी म्युजिक भिडियोमा पनि अभिनय गरिसकेका राई ब्याचलर पहिलो वर्षमा अध्ययन गर्छन् । (सौस)

प्रतिक्रिया