एक रातको सात करोड


हलिउड अभिनेत्री केली ब्रुकको सौन्दर्यका पुजारी प्रशस्तै छन्, यो सबैलाई थाहा छ । उनी पनि फ्यानको प्रशंसा पाउँदा मक्ख पर्दै आएकी हुन् । तर, केलीले यसपालि एउटा त्यस्ता प्रशंसकको सामना गर्नुपरेको छ, जुन सायद उनले कहिल्यै कल्पना गरेकी थिइनन् । केली अचम्म अनि हैरानीमा परिन्, जब ती प्रशंसकले आफूसँग एक रात बिताउन प्रस्ताव गरे ।
यसका लागि सात करोडको अफर बोकेर गएका ती व्यक्तिले केलीका अगाडि चेकबुक तेस्र्याएका थिए । कान्स फिल्म फेस्टिवलका दौरान केलीमाथि यस्तो हर्कत गर्ने ती व्यक्ति एक व्यापारी भएको एजेन्सीले उल्लेख गरेको छ । सो क्रममा ती व्यापारीले केलीलाई अँठ्याउने प्रयास गर्दै जोडले चिच्याएका थिए– मसँग एक रात बिताऊ, म तिमीलाई यति धेरै रुपियाँ दिनेछु ।’
सुरुमा त केलीले यो आयोजकका तर्फबाट गराइएको कुनै रमाइलो नाटकीय खेल पो हो कि भन्ने सोचेकी थिइन् । तर, जब यो यथार्थ रहेको थाहा पाइन्, उनको
हंसले ठाउँ छोड्यो । बडिगार्ड र प्रहरीले ती व्यापारीलाई होटलबाहिर निकालेपछि मात्रै उनले आनन्दको सास फेरेकी थिइन् । (एजेन्सी)

प्रतिक्रिया