झन्डै मरेकी …

लन्डन : साथीहरूले समात्न नभ्याएका भए सायद उनको मृत्यु भइसक्थ्यो होला † बेलायतको ब्रोम्लेस्थित एक होटलको चौथो तल्लाबाट एक युवतीले फाल हान्न खोजेकी थिइन् । धन्न कोठामा रहेका साथीले उनलाई समात्न भ्याए र दुर्घटना हुन पाएन †
नाम नखुलाइएकी ती २५ वर्षीया युवतीसँग कोठामा पाँचजना साथी थिए । साथीहरूलाई ‘झ्यालबाट फाल हान्ने’ चेतावनी दिन नपाउँदै उनले आफूलाई झ्यालबाहिर हुत्याएकी थिइन् । ‘नाइट ड्रेस’ लगाएकी उनलाई एकजनाले तत्काल समात्न भ्याएपछि उनको ज्यान जोगिएको थियो ।
होटलकै अर्को कोठामा बसेका एक व्यक्तिले उद्धार हुँदै गर्दाको फोटो खिच्न भ्याएका थिए । माइक ब्रोडफुट नाम गरेका ती व्यक्ति उद्धार हुँदै गर्दाको दृश्यलाई ‘धागोमा झुन्डिइरहेको जीवन’ को संज्ञा दिन्छन् ।
आइतबार बिहान ९:५० बजेतिर कसैले बेस्सरी चिच्याएको उनले सुनेका थिए । के रहेछ भनी हेर्दा उनले एउटी केटी झ्याल तल झुन्डिरहेको देखे । ‘केटी अर्धनग्न थिई, केटा साथीले उसलाई समात्न भ्याएको रै’छ । त्यतिबेला त्यो केटीको जीवन धागोको त्यान्द्रोमा अल्झिएजस्तै देखिएको थियो,’ ब्रोडफुटले भने ।
उद्धारपछि उनलाई उपचारार्थ प्रिन्सेस रोयल युनिभर्सिटीको अस्पतालमा पुर्‍याइएको छ । युवतीको मानसिक सन्तुलन ठीक नरहेको अनुमान गरिएको छ । उनले फाल हान्नुको कारण थाहा हुन सकेको छैन । (डेलिमेल)

प्रतिक्रिया