‘केही मिडिया सदभाव विथाल्न लागेका छन्’

काठमाडौं, १० जेठ । अधिकारकर्मी तथा जनजाति नेता मल्लके सुन्दरले केही मिडियाहरु मुलुकमा सदभाव विथोल्न लागेको आरोप लगाएका छन् ।
आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आज काठमाडौंमा आयोजना गरेको सभामा उनले सदभाव विथोल्ने गरेर केही मिडियाले समाचार दिने गरेको आरोप लगाए । उनले भने, ‘केही मिडियाले जातीय सदभाव बिथोल्न खोजिरहेका छन् ।’
उनले सबै समुदायवीच सदभाव खाँचो रहेको पनि बताए । उनले भने, ‘सद्भाव र्‍याली हुनु राम्रो हो, हामी पनि सदभाव होस भन्ने नै चाहन्छौं ।’
सभाका सहभागीले सद्भावन विथोल्न नहुने भन्दै मिलेर जानका लागि आह्वान गरेका छन् ।

प्रतिक्रिया