चितवनमा सदभाव र्‍याली

चितवन, १० जेठ । पछिल्लो समयमा भएका बन्द हड्ताल लगायतका अमानवीय कार्यहरुप्रति उद्योग वाणिज्य संघ चितवनले आफ्नो गम्भीर ध्यानकर्षण भएको भन्दै आज नारायणगढमा बृहत सदभाव र्‍याली तथा दौडको आयोजना गरेको छ ।
दैनिक भएका बन्द हड्ताल र विरोधका कार्यक्रमले जातीय सद्भाव खलबलिन सक्ने भन्दै संघ सदभाव र्‍यालीक आयोजना गरेको हो ।
नारायणगढको पोखरा बसपार्कदेखि लायन्सचोकसम्म र्‍यालीको आयोजना गरिएको थियो ।
दिनहुँ हुने बन्द तथा हड्तालले औद्योगिक क्षेत्रमा ८३ करोड ८० लाख तथा सेवा एवं व्यवसाय क्षेत्रमा करिव एक अर्व १५ करोड ४० लाखको नोक्सानी भएको व्यवसायीहरुको भनाई छ । एक दिनको बन्दले १ अर्ब ९९ करोड २० लाखको नोक्सानी हुदै आएको भन्दै संघले बन्दकर्ताहरुलाई यस्तो सत्यतालाई बुझन आग्रह गरेको छ ।

प्रतिक्रिया