ऋचाको प्रश्न मेलिनाको उत्तर

ऋचा घिमिरे, नायिका

तपाईं र म त छिमेकी पर्‍यौं, कसरी हेर्नुहुन्छ हाम्रो सम्बन्धलाई ?
हामी कलाकार र छिमेकी भएकाले नजिकको भावना त
भई नै हाल्छ । अझ म  त आफ्नै परिवारको महत्वपूर्ण सदस्यका रुपमा लिन्छु ।
तपाईंको नयाँ चलचित्र हेर्न कहिलेतिर पाइएला ?
अहिल्यै मेरो चलचित्र हेर्न पाइने भनेको त खास त्यस्तो केही छैन । तर, एउटा नेवारी चलचित्रचाहिँ गरिरहेकी छु ।
बिहेपछि सन्तानको माया बढी नै लाग्दो रहेछ नि, यस्तो किन भएको होला ?
मैले महसुस गरेअनुसार मायाको प्रतीक सन्तानलाई बढी माया हुनुको कारणचाहिँ जन्म दिनुभन्दा अगाडिदेखि जन्म लिइसकेपछि पनि आमासँगै हुर्किने/खेल्ने भएकाले होला ।
तपाईंको सौन्दर्यको राज के हो ?
सौन्दर्य भनेको महिलाका लागि गहनाजस्तै हो । आफूलाई सुन्दर राखिरहन विभिन्न किसिमका फलफुल खाने गर्नुपर्छ । मेरो विचारमा सौन्दर्य भनेको स्वस्थता पनि हो ।
अहिलेसम्म खेलेकामध्ये तपाईंको सबैभन्दा प्रिय चलचित्र
कुन हो ?
मैले डेब्यु गरेको चलचित्र प्रेयसी नै हो ।

मेलिना मानन्धर, नायिका

प्रतिक्रिया