नायिका थापाले गरिन सम्बन्ध विच्छेद

काठमाडौं, ९ जेठ । नायिका रेखा थापाले पती छवी ओझासँग आज सम्बन्ध विच्छेद गरेकी छन् ।
मध्य बानेश्वरमा रहेको नमस्ते नेपालको कार्यालयमा पती ओझा र पत्नी थापाले सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर गरेका हुन् । नमस्ते नेपाल चलचित्र बनाउने उनीहरुको आफ्नै कार्यालय हो ।
पछिल्लो केही समय यता तनावमा रहेको यो जोडीका विषयमा विभिन्न समाचार पत्रकात्रिकामा आउने गरेका थिए । उनीहरुको १२ बर्ष अघि विवाह भएको थियो ।

प्रतिक्रिया