रुपन्देहीका सञ्चार माध्यम वन्द

बुटवल, ८ जेठ । नेपाल आदिवासी जनजाति महासंघ संयुक्त संघर्ष समितिको बन्दका क्रममा प्रेस माथि आक्रमण भएको बिरोधमा रुपन्देहीका मिडियाहरुले समाचार प्रकाशन र प्रसारण बन्द गरेका छन् ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको अगुवाइमा बुटवलमा आज बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
सोमवार साँझ ५ देखि मंगलवार साँझ ५ वजेसम्म रुपन्देहीका सम्पूर्ण सञ्चार माध्यमवाट समाचार संकलन, प्रकाशन तथा प्रसारण नगर्ने निर्णय भएको जारी विज्ञप्तीमा उल्लेख छ ।

बैठकले वन्दका क्रममा पत्रकार र अधिकारकर्मी माथी भएका आक्रमणको निन्दा गर्दै त्यस्ता कार्यमा संलग्नलाई कानूनी कारबाहीको माग गरेको छ ।

उनीहरुले समाचार संकलन, प्रकाशन तथा प्रसारण जस्ता कार्यमा सुरक्षा नभएको र मिडियामाथि नै निशाना बनाएको दाबी गरेका छन् ।

महासंघले समाचार संकलनका क्रममा रुपन्देहीमा कार्यरत सौर्य समाचारदाता अमृत गिरी, रेडियो लुम्बिनीका कृष्ण नेपाल र लुम्बिनी सामुदायिक टेलिभिजनका भरत प्रधानमाथि आन्दोलनकारीले गरेको दुव्र्यबहारको बिरोध गरेको छ ।

बैठकले मोटरसाइकलमाथि भएको तोडफोडको निन्दा गर्दै उचित क्षेतिपूर्तीको माग पनि गरेको छ ।

पत्रकार आक्रमणको विरोध
सिन्धुपाल्चोकमा नेपाल आदिवासी जनजाति महासंघ लगायतले आयोजना गरेको वन्दका क्रममा सञ्चारकर्मी माथि भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाले प्रदर्शन गरेको छ ।
प्रेस माथिको आक्रमण वन्द गर्न आग्रह गर्दै आज विहान सदरमुकाम चौतारामा विरोध जुलुशको आयोजना गरेको हो ।

प्रतिक्रिया