संयमता अपनाउन आग्रह

काठमाडौ, ८ जेठ । विभिन्न पेशाकर्मी, मानव अधिकारवादीहरुले पार्टीको विचार र आफनो सोच भन्दा माथी उठेर संयममता अपनाउन संघ/संगठन र राजनीतिक दलहरुलाई सुझाव दिएका छन् ।
विगत केही दिनयता संघीयतको विषयलाई लिएर देशका विभिन्न ठाउमा अराजकता देखिन थालेपछि उनीहरुले संयमता अपनाउन अपील गरेका हुन् ।
राजधानीमा आज जनसञ्चार अभियानले आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताहरुले अधिकारका लागि आन्दोलन गर्नु स्वभाविक भएपनि संयमता अपनाउनु पर्ने बताए ।
नेपाल वार एसोसिएसनका पूर्व उपाध्यक्ष शेरवहादुर केसीले भोलीसम्म दलहरुले संविधानसभामा विधेयक ल्याउनु पर्ने बताए ।
उनले संविधानको विधेयक नआए नयाँ संविधान जारी हुने वाटो नै वन्द हुने जिकिर गरे । उनले अन्तरिम संविधानको धारा ८५ अनुसार ५ दिन अगाडी नै संविधानसभामा विधेयक ल्याउनुपर्ने बताए ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य केवी रोकायले आफनो अधिकारको वकालत गर्दा अरुको अधिकारमा पनि ध्यान दिनु पर्ने बताए ।
इतिहासविद् सुरेन्द्र केसीले मुलुक भंयकर दुर्घटनातर्फ उन्मुख भएको बताए । उनले दलहरुले नै संविधानलाई खेलौना वनाउन थालेपछि मुलुकमा समस्या आएको बताए ।
चिकित्सक संघका पूर्व अध्यक्ष केदार नरसिंह केसीले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले जातीय राजनीतिलाई बढावा दिएको आरोप लगाए । उनले आदिवासी जनजाति सबैलाई उकासेर एमाओवादीले समस्या श्रृजना गरेको बताए ।
नेपाल वार एसोसिएसनका पूर्व महासचिव रमणकुमार श्रेष्ठले विश्वमा सामथ्र्य र पहिचानकै आधारमा राज्य पूनर्संरचना गरिएको उदाहरण दिदै नेपालमा पनि सोही आधारमा जानुपर्ने बताए ।

प्रतिक्रिया