कञ्चनपुरमा बजार खोल्ने विषयमा झडप

महेन्द्रनगर, ७ जेठ । महेन्द्रनगर बजार बन्द गराउदै हिडेका आन्दोलनर थारु समुदायका समर्थक र प्रहरीवीच आज झडप भएको छ । हातमा लाठी लिएर आएका थारु समुदायले बजार बन्द गराउने क्रममा मेनरोडको हुलाक कार्यालय नजिक झडप हो ।
दिउसो एक बजे माइकिङ्ग सहित बजार बन्द गराउदै हिडेका थारु संघर्ष समितिका कार्यकर्ताहरुले जबजस्ती बन्द गराउन खोजे पछि झडप भएको प्रहरी भनाई छ । व्यापारीहरुले प्रतिक्रार गर्दै बजार बन्द नगर्ने जनाएपछि थारु प्रदर्शनकारीले पसलमा ढुङ्गा प्रहार गरेका थिए ।
उनीहरुले प्रहरीमाथी समेत ढुङ्गा प्रहार गरेर आन्दोलन उत्तेजित बनाउन खोजेका थिए । ढुङ्गा प्रहारबाट एक व्यापारी घाइते भएका छन् ।
समितिले थरुहट प्रदेशको माग गर्दै अनिश्तिकालीन रुपमा तराईमा आमहडताल जारी राखेपछि सर्वसाधारण मर्कामा परेका छन् ।
बन्दले यातायात प्रभावित भएपनि बन्दको अवज्ञा गर्दै ब्यवसायीले महेन्द्रनगर बजार खोलेपछि थारु समुदायका प्रदर्शनकारी आक्रोशित भएका हुन् ।

प्रतिक्रिया