अन्तरिम संविधान १२ औं पटक संशोधन

काठमाडौं, ६ जेठ । प्रक्रिया छोट्याएर नयाँ संविधान जारी गर्नका लागि व्यवस्थापिका संसदले आज अन्तरिम संविधानलाई १२ औं पटक संशोधन गरेको छ ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आज बसेको बैठकले अन्तरिम संविधानको धारा ७० लाई दुई तिहाई बढि मतले संशोधन गरेको संसद सचिवालयले जनाएको छ ।
धारा ७० संशोधन गरेर नयाँ संविधान जारी गर्नका लागि प्रक्रिया छोट्याएको दलहरुले बताएका छन् ।
संशोधन प्रक्रियामा पनि समय अभाव रहेको भन्दै संसदले नियमावली निलम्वन गरेर अन्तरिम संविधान संशोधन गरिएको हो ।
संशोधनका लागि एमाओवादी मुख्य सचेतक देव गुरुङले प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया