तलब नपाएका दुई चेली नियोगको शरणमा

दोहा/कतार/शनिबार। बैदेशिक रोजगारीका लागि घरेलु कामदारमा दोहामा पुगेका तनहुँकी सावित्री विक र मोरङकी ईश्वरी मगर अलपत्र परेका छन् ।
तनहुँ कोत्रे–३ की २२ वर्षीय सावित्री विक एक वर्षको तलव नपाएर दोहामा अलपत्र परेकी हुन् । उनी मे १० तारिख विहिवार नियोगको शरणमा आई पुगेकी छन् । एक वर्ष अघि मात्र दोहामा आईपुगेकी विकलाई पहिला कम गरेको घरबाट पुनः अर्को घरमा काम गर्न पठाएर तलव नदिएको पीडितको भनाई छ । उनले भनिन, ‘६ जनाको लागि खाना बनाउने, लुगा धुने, सरसफाई गर्नुपर्ने, गाडी सफा गर्नुपर्ने देखि लिएर सवै काम गर्दा/गर्दौ पनि घर मालिकले गाली गरेर खुब कुटपिट गर्थे, तलव पनि दिएन ।’
पहिलोको घरमा एक महिना २७ दिन काम गरेर अर्को दोस्रो घरमा बाँकी समय काम गरेको विकको भनाई छ । दुईवटा घरमा एक वर्षसम्म काम गरेता पनि नेपालवाट आएदेखि ‘एकसुका’ पनि तलव नपाएको उनको गुनासो छ ।
उनी विहीवार विहान नियोगको शरणमा आइपुगेकी हुन् । विकलाई ५० हजार लिएर कतारी रियल ९ सयमा नेपालस्थित स्थानीय एजेन्ट सविना आले र बाबुराम विश्वकर्माले पठाएका हुन् । एजेन्ट सविना आले घरेलु कामदारको रुपमा कुवेत पुगेर फर्किएकी महिला हुन् ।
त्यसैगरी मोरङ्ग केरावारी–६ की ईश्वरी मगरपनि नियोगकै शरणमा मे १३ तारिख आईतवार विहान आइपुगेकी छन् । उनलाई पनि तलब नदिने गरेको गनासो छ । तलव दिए पनि भौचरमा सही गराएर पुनः मालिकले खोस्दै लिने गरेको मगरले बताईन् ।
नेपालवाट स्थानीय एजेन्ट सीता लिम्वुले उनलाई तीस हजार दिने सहमतिमा दोहा पठाएको उनको भनाई छ । उनी रोजगारीका लागि १५ जुन २०११ मा दोहा आइपुगेकी हुन् ।
जुन १५ देखि जुलाई ११ सम्म पहिलो र जुन १२ देखि दोस्रो घरमा काम गर्दा तलव नपाएको मगरको भनाई छ । दोस्रो घरमा काम गरेको पाँच महिनाको तलव दिएर सही गर्न लगाई तलब खोसेको उनले बताईन् ।
जुन जुलाई सेप्टेम्वर, अक्टुवर र डेसेम्वरको तलव दिएर फेरी खोसेर लिएको मगरले उल्लेख गरिन । २०१२ को जनवरी देखि तलव नपाएरै नियोग आएको पीडित विक र मगरको भनाई छ ।
दुवै पीडित महिलालाई नियोगले उनीहरुको हक तथा अधिकार दिलाउने प्रकृया अगाडी बढाई सकेको जनाएको छ ।
खाडी राष्ट्रमा घरेलु कामदारको रुपमा नेपाली महिलाहरु आउँदा तलव नपाउने, दुर्रब्यवहार सहनुपर्ने, मानसिक तथा शारीरिक यातना खेप्नु पर्ने, विना तलब नेपाल डिर्भोट गर्ने, खाना नदिने, धेरै समय काम लगाउने जस्ता समस्याहरु भोगी रहेका छन् ।

प्रतिक्रिया