नयाँ मोर्चा र जनजातिवीच सहकार्य

काठमाडौं, ६ जेठ । बृहत् मधेसी मोर्चा र आदिवासी जनजाति संयुक्त संघर्ष समितिबीच सहकार्य गर्ने सहमति भएको छ ।
राजधानीमा आज पत्रकार सम्मेलन गरेर उनीहरुले मधेसी मोर्चाले आह्वान गरेको मधेस बन्द र जनजातिहरुको आमहड्तालाई सफल पार्ने सहमत भएको जानकारी दिएका छन् ।
त्यसै गरेर जेष्ठ १० गतेदेखि १४ गतेसम्म संविधानसभा भवनमा संयुक्त रुपमा धर्ना दिने समेत सहमति भएको छ ।

प्रतिक्रिया