सल्लाहाकार यादव माथि आक्रमण

काठमाडौं, ६ जेठ । प्रधानमन्त्री बाबुराम भट्टराईका प्रेस सल्लाहकार तथा एमाओवादी केन्द्रीय सदस्य रामरिझन यादवमाथि आज राजधानीमा आक्रमण भएको छ ।
नयाँ बानेश्वरस्थित थापागाउँमा सवारी सधानको विषयमा यादव माथि आक्रमण भएको हो । बा ५ च २९०४ नम्बरको सान्ट्रो गाडीमा चढेर आएका एक व्यक्तिले चलाउन नजानेको भन्दै यादवलाई आक्रमण गरेका हुन् ।
आक्रमणकारीको नाम खुल्न सकेको छैन । सल्लाहाकार यादवका अनुसार गाडी चलाउने विषयमा सेन्ट्रोमा रहेका व्यक्तिले आफूलाई आएर कुटपिट गरेको बताए ।
यादवले घटनाका बारेमा प्रहरीमा जानकारी गराई सकेको बताएका छन् ।

प्रतिक्रिया