इन्टरनेटकी अम्मली दीपिका

‘अभिनयपछि इन्टरनेट उनको ठूलो अम्मल हो,’ बलिउड अभिनेत्री दीपिका पादुकोणलाई नजिकबाट चिन्नेहरू यसै भन्छन् । फुर्सद हुनेबित्तिकै ‘अनलाइन’ आफू अभिनीत फिल्मका सिनबारे दर्शकले दिने प्रतिक्रिया हेर्दै बस्नु उनको सोख रहेको उनीनिकट स्रोतले जनाएको छ ।
‘इन्टरनेटमा अपलोड भएका भिडियो र अन्तर्वार्ताबारे दर्शकले गर्ने टिप्पणी हेर्दाहेर्दै घन्टौँ बितेको उनी पत्तै पाउँदिनन्, इन्टरनेटप्रति उनी यति बढी आशक्त छिन्,’ स्रोतले भन्यो । साथीसंगी र परिवारका सदस्यले आफ्नो तारिफ मात्रै गर्ने भएकाले तटस्थ व्यक्तिको राय थाहा पाउन उनी घन्टौँसम्म इन्टरनेटमा झुम्मिने
गरेको बताइन्छ ।
‘कुनै कमेन्ट छिल्लिएका हुन्छन् तर उनी हाँसेरै टारिदिन्छिन् । त्यतिबेला उनको सहजता देख्दा लाग्छ कि उनी ‘रचनात्मक प्रतिक्रिया’ पढेर आफ्नो अभिनयलाई तिखार्न चाहन्छिन्,’ स्रोतले भन्यो । (एजेन्सी)

प्रतिक्रिया