मख्ख अभिषेक

हुर्किंदै गरेकी छोरी देखेर बलिउड अभिनेता अभिषेक बच्चन मख्ख परेका छन् । ६ महिना पूरा भएकी छोरीलाई सम्झिँदै उनी भन्छन्, ‘छोरीलाई अहिले बोक्न सक्छु, मन लागुन्जेल खेल्न सक्छु, उसको थाङ्ना फेरिदिने प्रयास गर्न सक्छु, पहिले यस्तो गर्न कहाँ पाइन्थ्यो ।’ यसअघि छोरी आराध्यालाई बोक्न खोज्दा पत्नी ऐश्वर्या रायले रोक्ने गरेको उनी बताउँछन् ।
छोरी जन्मिएपछि आफ्नो दैनिकी नै बदलिएको अभिषेकको भनाइ छ । ‘ऊ राति ब्युँझन्छे, कहिलेकाहीँ रुन्छे । उसको रुवाइले म पनि ब्युँझन्छु र लामो समयसम्म निदाउन सक्दिनँ । त्यतिबेला ऐश्वर्याले मलाई अर्कै कोठामा सुत्ने सल्लाह दिन्छिन्,’ उनले भने । आफूले फिल्म छायांकनका लागि बिहानै काममा जानुपर्ने भएकाले ऐश्वर्याले उनलाई अर्कै कोठमा गएर आराम गर्न सुझाब दिने गरेको उनले जानकारी दिए । (एजेन्सी)

प्रतिक्रिया