उपत्यकामा ‘गुण्डा’का ६ समूह

काठमाडौं, ६ जेठ । काठमाडौं उपत्यकामा ‘गुण्डा’को संख्या कति होला ? प्रहरी तथ्यांकले उनीहरूको संख्या एक सय ९० पुगेको देखाएको छ । प्रहरीका अनुसार उनीहरू ६ समूहमा आबद्ध रहेर आपराधिक गतिविधिमा संलग्न छन् ।

हत्या अभियोगमा दुई वर्ष कैद भुक्तान गरी छुटेका राजु गोर्खालीमातहत सबैभन्दा बढी ४६ जना डन संगठित छन् । त्यसमध्ये पहिलो नम्बरमा विनोद श्रेष्ठ छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी आभूषण तिमल्सिनाले जेलबाट छुटेपछि पनि गोर्खालीले संगठन चलाइरहेको बताए । डिएसपी तिमल्सिनाका अनुसार जतिसुकै सजाय भुक्तान गरेर छुटे पनि अधिकांश आपराधिक गतिविधिमै लाग्छन् । ‘यो रामायणकालीन युग होइन, जुन बेला रत्नकार डाकु ऋषि बनेका थिए,’ उनले भने ।
राजनीतिक संरक्षण पाएका काभ्रेली समूहका नाइके गणेश लामा सदस्यका आधारमा दोस्रो नम्बरमा छन् । उनको नेतृत्वमा अहिले ४१ सदस्य छन् । तथ्यांकअनुसार उनको समूहमा काम गर्नेमध्ये पहिलो नम्बरमा अभिमानसिंह बस्नेत छन् ।
डिएसपी तिमल्सिनाले राजनीतिक संरक्षणको आडमा यो समूहले आºनो गतिविधि सञ्चालन गरिरहेको बताए । उनले भने, ‘राजनीतिक संरक्षणका कारण उनीहरूलाई चाहेर पनि कारबाहीको दायरामा ल्याउन सकिएको छैन ।’


केन्द्रीय कारागारमा रहेका चक्रे भनिने मिलन गुरुङका ३५ सदस्य छन् । उनका सदस्यमध्ये पहिलो नम्बरमा उनकै भाइ तेजेन्द्रको नाम अघि आए पनि जिम्मेवारीका आधारमा उस्तै हैसितमा छन्, प्रकाश गुरुङ ।
संख्याका आधारमा बाघे लामा चौथौ नम्बरको नेतृत्वकर्ता देखिन्छन् । उनको समूहमा ११ सदस्य छन् । लालकाजी, तीर्थमान लामा, मुक्ति संग्राम विष्ट, अनिल थापा, जशवन्त गुरुङ, दीपक श्रेष्ठ, कुमार लामा, अर्जुन कुटवार, अकुल थापा, रुपक र दीपक पाण्डेलगायत उनका सदस्य छन् ।
पाँचौँ नम्बरको नेतृत्वकर्ता डाक्टर भनिने प्रवीण प्रधान छन् । उनको समूहमा निरज चित्रकार, रोमिन श्रेष्ठ, रघु राजभण्डारी, प्राचीन श्रेष्ठ, काजीमान श्रेष्ठ, पूर्ण गुरुङ, राजन लामा, निरज श्रेष्ठ, सन्जु श्रेष्ठ र महेन्द्र रन्त शाक्य गरी १० सदस्य छन् । छैटौँ नम्बरको नेतृत्वकर्ता मिलनकृष्ण महर्जन हुन् । उनको क्षेत्र पाटन हो । उनको समूहमा लायन महर्जन, दधि महर्जन, राकेश महर्जन र विक्रम गुरुङ छन् ।
समूहमा आबद्ध नभएका डनको संख्या ४३ भन्दा धेरै रहेको प्रहरीको दाबी छ । त्यसमध्ये ‘चरी’ भनिने दिनेश अधिकारीको नाम अग्रपंक्तिमा छ । त्यसपछि चरीकै नामले चिनिने अर्का डन हुन्, विज्ञान श्रेष्ठ । त्यसपछि मनोज तुलाधर, महारानी डंगोल, मनोज श्रेष्ठ, सोल्टी गुरुङ, भरत श्रेष्ठ, सुनील कामी, दीपेन्द्र अधिकारी, आकाश श्रेष्ठ, सुमनरत्न शाक्य, समिर बस्नेत, सुदर्शन थापामगर, सुजन गुरुङ, सागर श्रेष्ठ, सुदीप थुलुङलगायत छन् । यसबाहेक कुमार घैटे, काजी शेर्पा, प्रवेश श्रेष्ठ, प्रदीप खत्री, साजन महर्जन र सुरेश तामाङको छट्टै समूह रहेको पनि प्रहरी तथ्यांकमा उल्लेख छ ।


तिमल्सिनाले सूचीमा परेका डनको आपराधिक गतिविधिमा संलग्नता पाइएको बताए । ‘विविध कारणले गर्दा उनीहरूलाई पक्राउ गर्न सकिएको छैन,’ उनले भने ।
राजु गोर्खाली समूह : विनोद श्रेष्ठ, प्रदीप थापा, मधुकर, विष्णु मानन्धर, साजन महर्जन, भीम गुरुङ, कुमार गिथ्ही, सञ्जय डंगोल, डल्लुसिंह गुरुङ, सन्ते राना, खड्ग रायमाझी, प्रतीक श्रेष्ठ, बद्री गुरुङ, अञ्जु राना, भीमसेन गुरुङ, प्रदीप काले, विनोद थापा, सुदीप श्रेष्ठ, सुरज श्रेष्ठ, नीतेश केसी, सन्तोष कँुवर, निकेश थापा, सन्नी श्रेष्ठ, राकेश श्रेष्ठ, रोहित सुनुवार, सुनील लामा, सुरेन्द्र गुरुङ, देव गुरुङ, मनराज गुरुङ, काजी शेर्पा, प्रवेशमान श्रेष्ठ, गोकुल शिवाकोटी, चाइनिज गुरुङ, तेन्जिङ लामा, गणेश लामा, रवि कपाली, राजेन्द्र अधिकारी, धिरेन, रवि कार्की, सानो बाबु, गोपाल, सागर तामाङ, पारस लामा, सुनील तामाङ, रामकृष्ण श्रेष्ठ, भीम राई, भूषण राई

गणेश लामा समूह : अभिमानसिंह बस्नेत, रविन चौधरी, कृष्ण पाण्डे, विनय मगर, अजय थापा, अभिमन्यू राना, विजय लामा, बाला लामा, आशीष श्रेष्ठ, मिलन लामा, सूर्य लामा, अशोक लामा, पन्चे लामा, खगेन्द्र लामा, अदीप लामा, चन्द्र लामा, रमेश सुनुवार, केशव लामा, रमेश श्रेष्ठ, दीपेन्द्र लामा, राम गिरी, तीर्थ लामा, टोकल लामा, अमृत लामा, दावा लामा, जित लामा, सञ्जीव लामा, कान्छा लामा, धनबहादुर लामा, दुर्गा तामाङ, विनोद पंन्त, जीवन लामा, फुर्वा लामा, श्री शाही, कमल भण्डारी, राम परियार, दमन बस्नेत, कुमार गुरुङ, सञ्जय लामा, माहिला लामा, उमेश लामा

मिलन गुरुङ (चक्रे) समूह : प्रकाश गुरुङ, तेजेन्द्र गुरुङ, सुनील अमात्य, अनिल अमात्य, रमेश बस्नेत, अखिल खड्का, रामु श्रेष्ठ, राजन थापा, राजेश महर्जन, धने विशाल, देवराज गुरुङ, नारायण तामाङ, लालबहादुर आले, नवराज गुरुङ, धनबहादुर लामा, नीराजन पौडेल, अमृत केसी, दावा गोले, भीमदेव कार्की, प्रसन्न तामाङ, रोशन मगर, किसमत गुरुङ, जितबहादुर तामाङ, निर्मल लामा, जित गुरुङ, शंकर लामा, गल्भु गुरुङ, रमेशप्रताप शाह, निर्मल गुरुङ, सूर्यमान तामाङ, रीतेश थापा, सुमन रम्तेल, दिनेश रम्तेल, श्यामकृष्ण महर्जन, विनोद थापा

प्रतिक्रिया