दस वा चौंध प्रदेश बनाउन प्रस्ताव

काठमाडौं, ५ जेठ । एमाले निकट लोकतान्त्रिक मधेसी संगठनले प्रमुख राजनीतिक दलहरूबीच ११ प्रदेश बनाउन भएको सहमति आफूहरूलाई स्वीकार्य नभएको जनाएको छ । संगठनले दस वा चौंध प्रदेश बनाउन सुझाव दिएको छ ।
संगठनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर मधेसमा दुई प्रदेश हुनुपर्ने माग गरेको हो । अध्यक्ष रघुवीर महासेठले १० वा १४ प्रदेश बनाउनु पर्ने जनाएका छन् । उनले भने, ‘हाम्रो प्रस्ताव स्वीकार्य हुँदैन भने एमालेको सात प्रदेशलाई स्वीकार गर्नुपर्छ ।’
महासेठले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिलाई नै कार्यकारी अधिकार हुनुपर्ने बताए ।
मिश्रित निर्वाचन प्रणालीले देशमा स्थायित्व दिन नसक्ने भन्दै उनले दलहरूबीच भएको सहमति अपूर्ण रहेको दाबी गरे ।

प्रतिक्रिया