सरकार र मुस्लिमवीच बार्ता निष्कर्ष विहिन

काठमाडौं, ५ जेठ । सरकार र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनबीच आज भएको वार्ता निष्कर्ष विहिन सकिएको छ । बैठक शनिबार पुनः हुने भएको छ ।
सिंहदरवारस्थित शान्ति मन्त्रालयमा भएको वार्तामा मुस्लिम गठबन्धनले आफ्ना माग सरकारी वार्ताटोलीलाई उपलब्ध गराएको छ ।
सरकारी वार्ताटोलीले मुस्लिम गठबन्धनको माग अध्ययन गरी कतिपय माग संविधान र कानूनी जटिलता रहेको भन्दै थप अध्ययन र गृहकार्य गर्ने जनाएको छ ।
गठबन्धनले नयाँ संविधानमा मुस्लिम समुदायको पृथक पहिचानलाई सुनिश्चित गरिनुपर्ने, संवैधानिक मुस्लिम आयोग गठन गरिनुपर्ने, राज्यपुनःसंरचनामा मुस्लिम पहिचानसहितको संघीयता हुनुपर्ने लगायतका १० बुँदे माग राखेको छ ।

प्रतिक्रिया