धनगढीमा सद्भाव र्‍याली

कैलाली, ३ वैशाख । केही दिनयता कैलालीमा आफू अनुकूल संघीयताको माग भएका प्रदर्शनमा सामप्रदायिक दंगा हुने सम्भावना बढेको भन्दै स्थानीय संघ संस्थाहरुले आज धनगढीमा सद्भाव र्‍याली निकालेका छन् ।
धनगढीको ट्राफिक चोकबाट निकालिएको सद्भाव र्‍याली पार्कमोडसम्म पुगेर अन्त्य भएको थियो ।
आपसी सद्भाव कायम गरौं, एक अर्काको हित गरौं, हिमाल, पहाड, तराई कोही छैन् पराई अंकित प्लेडकार्ड, ब्यानर लिएर स्वस्फुर्त रुपमा उल्लेख्य संख्यामा स्थानीयको सहभागिता रहेको थियो ।
मुस्लिम महिला नेतृ महानिगार अन्सारीले विभिन्न जाती, धर्म भएपनि आपसमा भाइचाराको सम्बन्ध राखी बस्नुपर्ने बताइन् ।

प्रतिक्रिया