आचार्यको ‘प्रतीक्षा’


काठमाडौं : गोविन्दमधुर आचार्यको आधुनिक गीति एल्बम प्रतीक्षा बजारमा आएको छ । एल्बमका सबै गीतमा आचार्यकै स्वर तथा संगीत छ । ती गीत दिनेश अधिकारी, प्रकाश हमाल, बिपुल पोखरेल, लोकराज अधिकारी र केबी चौधरीले लेखेका हुन् । ११ वर्षदेखि सांगीतिक क्षेत्रमा लागिरहेका आचार्यले योसँगै चार एल्बम बजारमा ल्याएका छन् ।
भर्खरै प्रदर्शनमा आएको चलचित्र भैहाल्छ निमा स्वर तथा संगीत दिएका उनले प्रदर्शनमा आउन लागेको धर्तीपुत्रमा पनि आफ्नो सांगीतिक क्षमता देखाएका छन् । अहिलेसम्म आफूले ९० वटाभन्दा बढी सांगीतिक सिर्जना तयार पारिसकेको उनले जानकारी गराए । उनका मर्छु बरु छटपटीमा, तिमीलाई त मेरो पीडा र सुने तिम्रो खुसी जस्ता गीतले चर्चा कमाएका छन् । (सौस)

प्रतिक्रिया