‘कोइरालाद्वारा दुःख व्यक्त’

काठमाडौं, २ जेठ । कांग्रेस सभापति सुशील कोइरालाले मुस्ताङको जोमसोममा १५ जनाको ज्यानजाने गरी भएको बिमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति कोइरालाले आज विज्ञप्ती जारी गरेर प्रसिद्ध तिर्थस्थल मुक्तिनाथ दर्शनका लागि उडेका नेपाली र विभिन्न मुलुकका १५ विदेशीको मृत्यु भएकोमा दुःख व्यक्त गरेका हुन् । दुर्घटनाको समाचारले आफूलाई मर्माहत तुल्याएको भन्दै कोइरालाले मृत्तकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले दुर्घटनामा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामनापनि गरेका छन् ।
सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा ६ जनाको जीवित उद्धार गर्न सफल भएकोमा पनि सभापति कोइरालाले सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया