‘सदभावको कामना दाङमा र्‍याली’

दाङ, १ जेठ । जातीय सदभाव कायम गर्न आह्वान गर्दै आज दाङको तुलसीपुरमा वृहत र्‍याली निकालिएको छ ।
रिपोर्टर्स क्लव नेपाल दाङ शाखाको आयोजनामा जातीय सहिष्णुता, एकता र सामाजिक सदभाव कायम गर्न आयोजित र्‍यालीले तुलसीपुर बजारको परिक्रमा गरेको छ ।
पटक पटकको बन्द र हडतालबाट पिरोलिएका दाङबासीले जातीय सदभाव कायम गरि बन्द, हड्ताल लगायतका कार्यक्रम नगर्न आह्वान समेत गरेका छन् ।
र्‍यालीमा तुलसीपुर क्षेत्रका उद्योगी व्यवसायी, मानव अधिकारकर्मी, कानून व्यवसायी, शिक्षक, विद्यार्थी, यातायात व्यवसायी मजदुर लगायतका दर्जनबढि संघसंस्थाहरुको सहभागिता रहेको थियो ।
संघीय राज्य निर्माणका नाममा मुलुकमा जातीय सम्प्रदायिकता खलबलाउन खोजेको भन्दै उनीहरुले खबरदार समेत गरेका छन् ।
नेपाल वार एसोसियसन दाङका उपाध्यक्ष गोकर्ण डाँगीले जातीयतका आधारमा संघीय राज्य निर्माण गरे जातीय सदभाव खलवलीने बताए ।
नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, गैरसरकारी संस्था महासघ नेपालका मध्यपश्चिम संयोजक नवराज लामिछाने, रिपोर्टस क्लव नेपाल दाङका अध्यक्ष शरद रेग्मी लगायतले पनि सामाजिक सद्भावका लागि आह्वान गरेका थिए ।

प्रतिक्रिया