पुरानोलाई ओझेल पार्दै नयाँ मधेसी मोर्चा

काठमाडौं, १ जेठ । आफ्ना अधिकार सुनिश्चितताका लागि संघर्ष गर्दै आएको बृहत मधेसी मोर्चाले आन्दोलन व्यवस्थित गर्न बिभिन्न तीन वटा समिति गठन गरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई समते ओझेलमा परेको बृहमत मधेसी मोर्चाले बिभिन्न दलका मधेसवादी सभासद र नेतालाई गोलबन्द गरेर आजदेखि आन्दोलन सुरु गरेको छ । यस मोर्चामा एमाओवादी, कांग्रेस, एमाले लगायत स्वयं मधेसी मोर्चाका पनि केन्द्रीय नेता तथा सभासदपनि सदस्य छन्
मोर्चाको कार्य सम्पादन समितिको आज सिंहदरबारमा बसेको बैठकले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको संयाजकत्वमा केन्द्रीय जनआन्दोलन परिचालन समिति गठन गरेको हो । समिति सदस्यमा सरतसिंह भण्डारी, विश्वेन्द्र पासवान, रामकुमार शर्मा, रामनरेश राय, महेश प्रसाद यादब र रामशिष गुप्ता रहेका छन् ।
कार्यसम्पादन समितिकी संयोजक सरिता गिरीद्वारा आज जारी विज्ञप्ती अनुसार एमाओवादीका सभासद तथा केन्द्रीय सदस्य प्रभु साहको संयोजकत्वमा संसदीय सघर्ष समिति गठन भएको छ । समितिमा आत्माराम साह, गोपाल ठाकुर, रेणु यादब, कौशल कुमार राय यादब, इस्तियाक राई र शिवराम यादब सदस्य छन् ।
नेपाल सद्भावना पार्टी आनन्दी देवीकी अध्यक्ष सरिता गिरी अध्यक्षतामा प्रचार प्रसार समिति गठन गरिएको छ । समिति सदस्यमा प्रमोद प्रसाद गुप्ता, सुरिता साह, अभिषेक प्रताप साह र राम रिझन यादब रहेका छन् ।
मोर्चाले आजदेखि सुरु भएको आफ्नो आन्दोलनलाई व्यवस्थित बनाउने जनाएको छ ।
यसैवीच, कार्यसम्पादन समितिले कौशल सिंह नेतृत्वको पिछडा वर्ग महासंघलाई पनि मोर्चाको सदस्यता दिएको छ ।

प्रतिक्रिया