संघीयता विरोधी सञ्चारमाध्यम बहिस्कार

काठमाडौ, ३१ वैशाख । नेपाल आदिवासी जनजाति महासंघले संघीयता विरोधी सञ्चारमाध्यमलाई बहिस्कार गर्ने चेतावनी दिएको छ ।
राजधानीमा आज नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलालाई अलग/अलग ज्ञापनपत्र बुझाई महासंघका महासचिव आङ काजी शेर्पाले सघीयता विरोधीलाई स्थान नदिन चेतावनी दिएका हुन् ।
महासचिव शेर्पाले महेन्द्र मोडलको हिमाल, पहाड, तराई प्रदेशसँगै अखण्ड सुदूरपश्चिमको मागप्रति आक्रोस पोखे । उनले भने, ‘अखण्ड र भूगोलका आधारमा संघीयता बनाएर फेरी बाहुन र क्षेत्रीले शासन गर्ने षडयन्त्र भईरहेको छ ’
जनजाति महासंघले पूर्व राजा ज्ञानेन्द्र शाहको पैसा खाएर शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द, भीम रावल, कृष्णप्रसाद सिटौला, टोपबहादुर रायमाझी, कमल थापा र त्रिबहादुर केसीले संघीयता विरोधी आन्दोलन सक्रिय रहेको आरोप लगाए ।
उनले भने, ‘संघीयता विरोधी आन्दोलन तत्काल फिर्ता नलिए हामी त्यसको प्रतिकारमा उत्रन्छौ ।’
खस, हिन्दु, अंहकारवादी सञ्चारकर्मीहरुले सुनियोजित रुपमा संघीयताको विरोध गरेको भन्दै जनजाति महासंघका महासविच शेर्पाले संघीयता विरोधी कार्य तत्काल नरोके सञ्चारकर्मी र सञ्चारमाध्यम बहिस्कार गर्ने चेतावी दिए ।

प्रतिक्रिया