‘संविधानसभा बैठक सोमबारसम्म स्थगित’

काठमाडौं, ३१ वैशाख । विज्नेस नभएपछि संविधानसभा बैठक पुनः आज पनि सूचना टाँस गरेर स्थगित भएको छ ।
नयाँ संविधानका विवादित विषयको प्रश्नावलीमा अन्तिम टुङगो लगाउन बाँकी रहेपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको संविधानसभाको सचिवालयले जनाएको छ ।
संविधानसभा बैठक सोमबार १ बजे बस्ने छ । यस अघि संविधानसभा बैठक पटक÷पटक स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया