वीरगन्ज, ३१ वैशाख । एक मधेस प्रदेशको माग सहित मधेसी जनअधिकार फोरम नेपालले आह्वान गरेको तराई बन्दका कारण जनजीवन कष्टकर बनेको छ ।
बन्दले मध्य तथा पूर्व तराईको जनजीवन कष्टकरण बनेको छ । बारा, पर्सा, सप्तरी, सिराहा, मोरङ, सुनसरी लगायतका जिल्लामा बन्दको प्रभाव परेको छ ।
बन्द भएपनि केही जिल्लामा नगन्य रुपमा निजी सवारी साधन चलेका छन् ।
बन्द सफल बनाउन फोरम नेपालका कार्यकर्ताले सडकमा प्रदर्शन समेत गरेका छन् ।
जबरजस्ती बजार बन्द गराउदै हिडेका फोरमका तीन कार्यकर्तालाई प्रहरी पर्सामा पक्राउ गरेको छ ।
त्यसै गरेर मोरङलगायतका जिल्लामा फोरम नेपाल र संघीय लोकतान्त्रिक मञ्च सम्वद्ध संघीय लिम्वुवान परिषदको दोहोरो बन्दले जनजीवन ठप्प भएको छ ।
कोशी पूर्वको तराई र पहाडी जिल्लामा सार्वजनिक सवारी साधन चलेका छैनन् ।
प्रतिक्रिया