एमाओवादी बच्चाले जस्तो निहुँ खोज्छः ओली

काभ्रे, ३० वैशाख । एमाले वरिष्ठ नेता केपी ओलीले राज्य पुनर्संरचनाको सहमतिबाट एमाओवादी पछि हटेको आरोप लगाएका छन् ।

काभ्रेमा आज आयोजित कार्यक्रममा हातिवन रिसोर्टमा भएको प्रमुख तीन दल र मधेसी मोर्चावीच भएको ६ देखि ८ प्रदेशको सहमतिबाट एमाओवादी पछि हटेको उनले दाबी गरे । ओलीले एमालेले मिश्रीत जातीय पहिचान सहितको ७ प्रदेशको संरचनामा बाहेक अन्यमा सहमति नगर्ने बताए ।

‘एमाओवादी बच्चाले निहुँ खोजे जस्तै प्रदेशका बारेमा निहुँ खोजिरहेको छ’, ओलीले भने, ‘एमाओवादीले भने जस्तो संघीयता नेपालले थेग्न सक्दैन ।’

प्रतिक्रिया