सरकार/सुदूरपश्चिम बार्ता निष्कर्ष विहिन

काठमाडौं, ३० वैशाख । सरकार र अखण्ड सुदूरपश्चिम संयुक्त संघर्ष समितिवीच आज भएको बार्ता निष्कर्ष विहिन सकिएको छ ।
सिंहदरबारमा भएको बार्तामा संघर्षरत समूह अखण्ड सुदूरपश्चिमको पक्षमा अडिग रहेपछि सहमति हुन नसकेको हो । बार्तामा सहमति नभएपछि बैठक आइतबार पुनः हुने भएको छ ।
समितिले अखण्ड सुदूरपश्चिम हुनुपर्ने, नेताहरुले जातीयताका नाममा राजनीति गर्न नहुने, विदेशी चलखेलमा लाग्न नहुने लगायतका माग अघि सारेका छन् ।
सुदूरपश्चिममा विगत १६ दिनदेखिको बन्दले गर्दा सर्वसाधारणले सास्ती बेहोर्नु परेको छ ।
बार्तामा सरकारका तर्फबाट उपप्रधान मन्त्री कृष्णप्रसाद सिटौला, मन्त्री वर्षमान पुन तथा संघर्ष समितिबाट झण्डै दुई दर्जन सदस्यको सहभागिता रहेको थियो ।
संघर्ष समितिले बुझाएको मागका बारेमा सरकारी बार्ता टोलीले आन्तरिक छलफल गर्नुका साथै प्रमुख दलहरुलाई उपलब्ध गराउने छ ।

प्रतिक्रिया