तीन दल बैठकमा सहमतिको प्रयास

काठमाडौं, ३० वैशाख । नयाँ संविधानका विवादित विषयमा दुई पक्षीय र आन्तरिक छलफल गरेका प्रमुख तीन दल एमाओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरुले राज्य पुनर्संरचनाका विषयमा छलफल गरेका छन् ।
सिंहदरबारमा आज बसेको शीर्ष नेताहरुको बैठकमा राज्य पुनर्संरचना अन्तर्गत प्रदेशको नाम, संख्या र सीमाङकनका बारेमा परामर्श भएको कांग्रेस सभापति सुशील कोइरालाले बताए । उनले कांग्रेस आठ प्रदेश बनाउने पक्षमानै रहेको प्रतिक्रिया दिएका छन् ।
तीन दलमा गैरजातीय संघीय प्रदेश, एघार वा आठ प्रदेश तथा नामलगायतमा कुराकानी भएको थियो । यद्यपी छलफलमा भएका बाँकी विषयमा केही बताईएको छैन । सौर्य

प्रतिक्रिया