सदन आह्वान गर्न माग

काठमाडौं, ३० वैशाख । नेपाल सद्भावना पार्टी (आनन्दीदेवी)ले मुलुकको गम्भीर अवस्थाका बारेमा छलफल गर्न व्यवस्थापिका संसदको बैठक बोलाउन माग गरेको छ ।
आनन्दी देवीकी अध्यक्ष सरिता गिरीले आज विज्ञप्ती जारी गरेर संसद बैठक बोलाएर विद्यमान समस्या समाधानका लागि पहल गर्नु पर्ने बताएकी हुन् ।
उनले नयाँ संविधान जारी हुने अन्तिम मिति नजिकिदै गर्दा गाउँ, घर र समाजमा बिभिन्न प्रकारका द्वन्द्व प्रारम्भ भई शान्ति सुरक्षाको स्थितिमा गम्भीर गिरावट आएको आरोप समेत लगाएकी छन् ।
‘यातायातका साधन अवरुद्ध हुँदा मुलुकमा आवश्यक सामग्रीको आपूर्तिमा पनि गम्भीर संकट देखिन थालेको अवस्था छ’, विज्ञप्तीमा भनिएको छ, ‘सरकार र राष्ट्रपतिसंग तत्कालै व्यवस्थापिका संसदको बैठक बोलाउन माँग गर्दछु ।’
अध्यक्ष गिरीले नयाँ संविधानका विवादित विषयको प्रश्नावली बनाउने कार्य संविधानसभा नियमावलीको नियम ६५ र नियम ८२ बिपरित रहेको दाबी गरेकी छन् । उनले प्रश्नावली बनाउने हो भने नियमावली संशोधन आवश्यक रहेको बताईन ।

प्रतिक्रिया