पहाडी शासकलाई तराई टेक्न दिन्नौः यादव

वीरगन्ज , २८ वैशाख । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आत्म निर्णयको अधिकार सहित स्वायत्त मधेस एक प्रदेश सहितको संविधान जारी नगरिए मधेसमा पहाडी शासकहरुलाई खुट्टा टेक्न नदिने चतावनी दिएका छन् ।
उनले भने, ‘जातीय पहिचान सहित एक मधेस प्रदेशको माग पुरा नभए पहाडी शासकलाई तराईमा खुट्टा टेकन दिन्नौं ।’
वीरगञ्जमा आज आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले स्वायत्त मधेस प्रदेश बिहिन संविधान जारी गरिए मधेसी जनताले त्यस्तो संविधान जलाउने चेतावनी समेत दिए ।
उनले मधेसीलाई हकअधिकारबाट बन्चित गरेर जारी हुने संविधान आफूहरुलाई मान्य नहुने बताए । कांग्रेस र अन्य कम्युनिष्ट पार्टीहरुले मधेस विरोधी संविधान जारी गर्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।
अध्यक्ष यादवले उत्तर दक्षिण गरेर बनाइने संघीय राज्य पनि नमान्ने बताएका छन् । उनले भने, ‘मधेसलाई टुक्राएर बनाईने राज्य पुनर्संरचना पनि हामीलाई स्वीकार्य छैन ।’

प्रतिक्रिया