रापती अवार्डको मनोनयन

काठमाडौं : रापती समाज काठमाडौंले यस वर्षको रापती म्युजिक अवार्डका लागि मनोनयन सुरु गरेको छ । समाजले हालै राजधानीमा एक कार्यक्रम गरी सो जानकारी गराएको हो । गत वर्षदेखि सुरु गरिएको अवार्डको यो दोस्रो शृंखला हो । यसपालि संगीतका १५ विधामा अवार्ड दिन लागिएको समाजले जानकारी गरायो । २०६८ साल साउनदेखि २०६९ जेठसम्म बजारमा आएका सांगीतिक सामग्रीलाई अवार्डमा समावेश गराइनेछ । अवार्डको उद्देश्य राप्ती अञ्चलको सांस्कृतिक संवद्र्धन गर्नु रहेको समाजका अध्यक्ष सन्तोष श्रेष्ठले बताए । कार्यक्रममा रापती म्युजिक अवार्ड–२०६८ को भिडियो दृश्य–संग्रह विमोचनसमेत गरिएको थियो । (सौस)

प्रतिक्रिया