सुनको मूल्यमा गिरावट

काठमाडौं, २७ वैशाख । स्थानीय बजारमा छापावाल सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला ७ सय रुपियाँले घटेको छ । आज ५४ हजार ७ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

छापावाल सुनको मूल्य हिजो ५५ हजार ४ सय रुपियाँमा कारोबार भएको थियो ।

यसैगरी तेजावी सुनको मूल्य हिजोको तुलनामा आज प्रतितोला ७ सय रुपियाँले घटी ५४ हजार ४ सय ९० रुपियाँ कायम भएको छ । हिजो तेजावी सुनको मूल्य प्रतितोला ५५ हजार १ सय ९० रुपियाँ कायम रहेको संघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य हिजोको तुलनामा आज प्रतितोला १५ रुपियाँले घटेर प्रतितोला एक हजार ४० रुपियाँ कायम रहेकोछ भने हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ५५ रुपियाँ कायम रहेको थियो ।

संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्यमा गिरावट आएकाले नेपालमा पनि सुनको मूल्यमा कमी आएको हो ।

गत शुक्रबार स्थानीय बजारमा छापावाल सुनको मूल्य हालसम्मकै उच्च कायम भई प्रतितोला ५६ हजार रुपियाँ कायम भएको थियो ।

प्रतिक्रिया